दफा १९
उपसमिति गठन गर्न सक्ने
(१) प्रवद्र्धन समिति वा कार्यान्वयन समितिले आफ्नो कार्य सञ्चालन गर्नको लागि आवश्यकतानुसार उपसमितिहरू गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठन भएका उपसमितिहरूको काम, कर्तव्य र अधिकार, कार्यक्षेत्र तथा कार्यविधि त्यस्तो उपसमिति गठन गर्ने प्रवद्र्धन समिति वा कार्यान्वयन समितिले तोकेबमोजिम हुनेछ ।